नेपालगञ्ज : बाँके प्रहरीले अवैध रुपमा ल्याइएको ठूलो मात्रामा चिनी र खाने तेल बरामद गरेको छ । बाँके प्रहरीका अनुसार, अवैध रुपमा ल्याइएको एक हजार ६ सय किलो चिनी र ८४ पेटी खाने तेलसहित बोलेरो गाडी नियन्त्रणमा लिइएको छ ।
लु १ च ६९७० नम्बरको बोलेरो गाडीमा अवैध रुपमा ल्याइएको चिनी र तेल भेटिएपछि प्रहरीले गाडी, चालक भीमबहादुर डिसी, चिनी र तेल भन्सार कार्यालयमा पठाइदिएको छ । नेपालगञ्जको बसपार्क नजिकबाट बिहान उक्त सामान बरामद गरिएको थियो ।
2024-08-01
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार