नेपालगञ्ज : प्रतिबन्धित लागुऔषधसहित बाँकेमा एकजना पक्राउ परेका छन् । सीमावर्ती जमुनाहाबाट बैजनाथ गाउँपालिका २ डिगिया बस्दै आएका ३४ वर्षीय रेशम नेपाली पक्राउ परेका हुन् ।
स्थायी ठेगाना विरेन्द्रनगर नगरपालिका वडा नं. ११ सुर्खेत घर भएका नेपाली ९०० पिस लागुऔषध ट्रामाडोलसहित पक्राउ परेको बाँके प्रहरीले जनाएको छ । भारतीय बजार रुपईडिहाबाट नेपालगञ्जतर्फ पैदल आउँदै गरेका नेपालीलाई शंका लागि जाँच गर्दा उनको साथबाट ठुलो मात्रामा ट्रामाडोल फेला परेको हो ।
पक्राउ परेका नेपालीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ ।
2024-08-26
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार