नेपालगञ्ज : धानको मूल्य वृद्धि र समर्थन मूल्य कायम गर्नुपर्ने मागसहित राष्ट्रिय किसान सञ्जाल लुम्बिनी प्रदेश समितिले आज नेपालगञ्जमा प्रदर्शन गरेको छ ।
सरकारले आर्थिक वर्ष २०८२–८३ का लागि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ४६३ रुपैयाँ ८१ पैसा र मध्यम धानको तीन हजार ६२८ रुपैयाँ ३३ पैसा तोकेको भएपनि धान खरिद कम्पनीहरूले सस्तो मूल्यमा धान खरिद गर्न थालेपछि किसानहरू सडकमा उत्रिएका हुन् ।
धान खरिद कम्पनीहरूले मनपरी मूल्य निर्धारण गर्न थालेपछि आफूहरू सडकमा आउनुपरेको किसान नेता तुलसा पोख्रेलले बताइन् । “हामीले सरकारको ध्यानाकर्षणका लागि पहिलो चरणमा प्रदर्शनमा जुटेका छौं, उनले भनिन, “किसानको माग यथासिघ्र हुनुपर्छ, किसानको हकहितका लागि आफुहरू सधैंभरि लडिरहने छौँ ।“
“हामीले धानको समर्थन मूल्य कायम गर्नुपर्ने, किसानलाई समयमा मल–बिउ उपलब्ध गराउनुपर्ने र बेमौसमी वर्षाले पुर्याएको क्षतिको क्षतिपूर्ति माग गरेका छौं, उनले भनिन, “शुरुवाती चरणमा सरकारले आवाज नसुने हो भने हामी बाध्यतावश कडा आन्दोलनमा उत्रने छौं ।” अखिल नेपाल किसान महासङ्घ लुम्बिनी प्रदेशको नेतृत्वमा पर्दशनी भएको उनले बताइन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार