Listen LIVE

७० वर्षीय ईद्दु नट बगलबीन बजाएर जीवनयापन गर्दै

यदुराज मिश्र/नेपालगञ्ज : बाँकेका ईद्दु नट बगलबीन -एक प्रकारको वाद्ययन्त्र) बजाएर जीवोकोपार्जन गर्दै आएका छन् । गरीबीले आहात भएका ईद्दु गुजारा गर्नकै लागि बगलबीन बजाएर जीवोकोपार्जन गर्दै आएका हुन् । 

पुख्र्यौली पेशालाई अगाडी बढाउँदै उनले घरघरमा पुगेर बगलबीन वाद्ययन्त्रको धुन सुनाएर आर्थिक संकलन गर्ने गरेका छन् । जसले उनको परिवारको गुजारा चलिरहेको छ ।

बाँकेको डुडुवा गाउँपालिका उचे मसहाका ईद्दु करिब ८ किलोमिटरको पैदल यात्रा गरेर नेपालगञ्जका बासिन्दालाई बगलबीनको धुन सुनाएर अर्थोपाजन गर्दै आएका हुन् ।

७० वर्षीय ईद्दु नट घर–घरमा पारम्परिक बगलबीन बाजा बजाएर भिक्षा सङ्कलन गर्दै जीवन गुजारा गरिरहेका छन् । बगलबीन वा मशकबीन उत्तर भारत (उत्तराखण्डको कुमाउँ–गढवाल, राजस्थान र उत्तर प्रदेश) तथा नेपालको सुदूरपश्चिम प्रदेशका केही जिल्लामा प्रचलित पारम्परिक वाद्ययन्त्र हो । यो बगपाइपजस्तै हुन्छ । जसमा बाख्राको छालाबाट बनेको थैलोमा हावा भरेर पाइपहरूमा जोडिएका रीडबाट धुन निकालिन्छ । यो बाजा विवाह, उत्सव र लोक नृत्यहरूमा बजाइन्छ । यसलाई स्थानीयस्तरमा मोशक, मुशक बाजा वा बीन बाजा पनि भनिन्छ ।

यस्तै यो यन्त्रको सजावटमा रङ्गीबिरङ्गी धागो र रंगको प्रयोग गरिन्छ । जुन उत्तर भारतीय तथा नेपाली तराईका लोक वादकहरूको शैलीसँग मेल खान्छ ।

यो बाजा नेपालको तराई र पहाडी क्षेत्रमा दुर्लभ हुँदै गएको छ । तर सांस्कृतिक महत्व भने कायमै छ । ईद्दु नटजस्ता वृद्ध कलाकारहरूले यसलाई जीवित राख्ने प्रयास गरिरहेका छन् ।

प्रतिक्रिया