एजेन्सी : भारतले पाकिस्तानमाथि गरेको सैन्य आक्रमणमा उग्रवादी समूह जैस–ए–मोहम्मदका संस्थापक तथा कमाण्डर मसूद अजहरको परिवारका १० सदस्यसहित १४ जना मारिएका छन् ।
पाकिस्तानको बहावलपुरमा रहेको सुभान अल्लाह मस्जिदमा भारतले गरेको आक्रमणमा उनीहरूको ज्यान गएको हो ।
जैस–ए–मोहम्मदको तर्फबाट बुधबार जारी विज्ञप्तीमा अजहरकी दिदी र भिनाजु, उनका भतिजा र उनकी श्रीमती, एक भतिजी र उनको परिवारका पाँच बच्चाहरूको ज्यान गएको जनाइएको छ । आक्रमणमा उनीहरूका तीन सहयोगी र एक सहयोगीकी आमाको पनि ज्यान गएको संगठनले जनाएको छ ।
जैस–ए–मोहम्मदले फेब्रुअरी २०१९ मा भारत प्रशासित कश्मीरमा गरेको आत्घाती बम विष्फोटमा ४० सैनिकको ज्यान गएको थियो ।
2025-05-07
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार