Listen LIVE

अन्तर्राष्ट्रिय भलिबल खेलाडी श्रेष्ठको निधन

गुल्मी : गुल्मीको रेसुङ्गा नगरपालिका–१ का अन्तर्राष्ट्रिय भलिबल खेलाडी ५५ वर्षीय बद्रीप्रकाश श्रेष्ठको मृत्यु भएको छ । लामो समयदेखि लिभरको समस्याले बिरामी हुनु भएको श्रेष्ठको काठमाडौँको मेडिसिटी अस्पतालमा मृत्यु भएको हो । उनी विसं. २०२७ सालमा जन्मेका थिए ।

नेपालको तर्फबाट जर्मन र बङ्गलादेश लगायतका देशका भलिबल प्रतियागिता खेलेका श्रेष्ठको निधनले जिल्लावासी शोकमा डुवेका छन् । उनका श्रीमती र छोराछोरी रहेका छन् । 

श्रेष्ठको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको अस्पतालमा रहेका गगन केसीले जानकारी दिए । देशकै भलिबल खेलको विकासमा योगदान पुर्याएको श्रेष्ठको निधनले निकै स्तब्ध बनाएको जिल्ला भलिबल सङ्घ गुल्मीका महासचिव नारायण आचार्यले बताए ।

प्रतिक्रिया