Listen LIVE

चलचित्र ‘स्वीकार’ मा रहेको गितको छायाङकन सम्पन्न

नेपालगञ्ज : नेपाली कथानक चलचित्र स्वीकारको नेपालगञ्जमा धमाधम छायाङकन हुँदै छ । सगरमाथा गन्तव्य मिडिया प्रालि एवं सगरमाथा ई.बोडिङ स्कूलको सयुक्त प्रस्तुतीमा नेपाली कथानक चलचित्र स्वीकारको छायाङकन धमाधम भैरहेको छ । 

नेपालगञ्जमा धार्मिक, शिक्षा, स्वास्थ्य लगायतका विषयबस्तुमा आधारित फिल्मले स्थानिय कलाकारहरुलाई जोड दिएर समसमायिक जनचेतना मुलक नेपाली कथानक चलचित्र निर्माण गर्न लागिएको फिल्म युनिटले जनाएको छ । नेपालगन्जको सेरोफेरोमै छायाङकन गर्ने र स्थानिय कलाकारहरु कै सहभागितामा फिल्म निर्माण गरिने भएको हुनाले फिल्मले सफलता हासिल गर्ने लक्ष्य रहेको फिल्म युनिटले जनाएको छ ।

बुधवार विशेष गरि चलचित्रमा समाबेश गरिएको गुरु कहाँ छन र हाम्रो निम्ती सोचिदिने मान्छे बोलको गितको छायाङकन नेपालगञ्ज विपी चोक नजिकै रहेको सुनाखरी रेष्टुरेञ्टमा भएको थियो । चलचित्र पारिवारिक वातावरणमा निर्माण भएको हुनाले सबै जनाले मन पराउने फिल्म युनिटले अपेक्षा गरेको छ ।

फिल्मको निर्मातामा कृष्ण जिसी र लक्ष्मी विसी रहेनु भएको छ भने निर्देशकको भुमिका चर्चित निर्देशक रञ्जित रानाले गर्दै छन् । 

यस्तै फिल्मको नृत्य निर्देशक तथा मुख्य गुरुको भुमिका कलाकार गोविन्द प्रभातको रहेको छ भने स्थानिय कलाकारहरुमा सुजन सुनार, सानु टमाटा, करुणा सुनार, रुपक रोकाय, अंकित गिरी, नैना पुन मगर, लक्ष्मी चौधरी, दिपक थापा, खगेन्द्र विसी लगायतका कलाकारहरुको मुख्य भुमिका देख्न सकिने फिल्मका निर्माता कृष्ण जिसीले जानकारी दिए । 

फिल्मको छायाङकन रामु चौधरीले गरिरहेका छन् भने मेकअपमा लक्ष्मी चौधरीको भुमिका रहेको छ । पौने २ घण्टाको रहेको स्वीकार फिल्म बाँकेको विभिन्न रमणिय स्थल बागेश्वरी मन्दिर, राँझा, कोहलपुर, पिपरी, नेपालगञ्जको कारकादो, सुनाखरी होटल लगायतका स्थानमा छायाङकन भईरहेको सुटिङ युनिटले जनाएको छ । असार १३ गतेदेखि छायाङकन सुरु भएको फिल्मको छायाङकन अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया