Listen LIVE

‘उडेको ३ मिनेटमै टावरसँग टुटेको थियो हेलिकप्टरको सम्पर्क’

काठमाण्डौ : एयर डाइनेस्टीको ९ एन–एजेडी रजिस्ट्रेसन रहेको हेलिकप्टर त्रिभुवन विमानस्थलबाट उडेको तीन मिनेटपछि नै काठमाण्डौ विमानस्थलमा रहेको टावरसँग सम्पर्क विच्छेद भएको थियो ।

बुधबार दिउँसो १ बजेर ५४ मिनेटमा काठमाडौं विमानस्थलबाट रसुवाको स्याफ्रुबेंसीका लागि ४ जना यात्रु (चिनियाँ नागरिक) लिएर उडेको थियो ।

नेपाल नागरिक उडड्यन प्राधिकरण, खोज तथा उद्धार समन्वय केन्द्रले बुधबार जारी गरेको विज्ञप्तिअनुसार सो हेलिकप्टर उडान गरेको ३ मिनेट पछि काठमाण्डौ टावरसँग सम्पर्क विच्छेद भई नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्याचौरमा दुर्घटनामा परेको हो । दुर्घटनामा चार जना यात्रुसहित क्याप्टेनको मृत्यु भएको छ ।

प्रतिक्रिया