हुम्ला : सदरमुकाम सिमकोटस्थित महिला छात्रावासमा बस्दै आएका छात्राहरुलाई स्टेशनरी वितरण गरेर बिपी स्मृति दिवस मनाइएको छ । हिमाली जिल्ला हुम्लामा ४२ औं बिपी स्मृति दिवस मनाउने क्रममा सो स्टेशनरी सामग्री वितरण गरिएको हो ।
मानसरोवर नमुना माध्यामिक विद्यालयमा अध्ययनरत र फिडर छात्रावासमा बस्दै आएका २० जना छात्राहरुलाई स्टेशनरी सामग्री वितरण गरेर ४२ औं बिपी स्मृति दिवस मनाइएको बिपी चिन्तन प्रतिष्ठानका अध्यक्ष मधु बस्नेत शाहीले बताए ।
प्रतिष्ठानले विद्यार्थीको पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले स्टेसनरी वितरण गरिएको उनले बताए । प्रतिष्ठानको टोलीले स्टेशनरी बोकेर छात्रावासमै पुगेर वितरण गरेको हो । उनले अन्य कार्यक्रम गर्नुभन्दा हालसम्म अन्य सुविधा नपाएका विद्यार्थीहरु मध्य महिला फिडर छात्रावासको छात्राहरु रहेको र यस पटक बिपी स्मृति दिवसमा ती छात्रालाई स्टेशनरी सहयोग गरिएको बताए ।
सबै छात्रालाई आधा दर्जन कापी र दुई वटा कलमलगायत अन्य सहयोग गरिएको हो । स्टेशनरी काँग्रेस कावा सभापति कैलाश भण्डारी, उपसभापति वसन्त रोकाया, सचिव कृष्णबहादुर बोहरा लगायतले वितरण गरेका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार