नेपालगञ्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले सोमवार दिउँसो नेपालञ्जको भानुचौक नजिक न्यूरोडको एक घरमा छापा मारेर ३८ लाख ५० हजार रुपैयाँ बराबरको कपडा बरामद गरेको छ ।
केही समय पहिले द फेसन हाउस नामक कपडा पसल सञ्चालन रहेको शनि गुप्ताको घरमा सोमवार दिउसो छापा मारेर साढे ३८ लाख ५० हजार रुपैयाँ बराबरको स्त्री सुटहरुको रेडिमेड कपडाहरुको वण्डलका वण्डल बनाइएका पोकाहरु प्रहरीले नियन्त्रणमा लिएको छ ।
पहिल्य नै बन्द भएको द देसन हाउसमा घर मालिक शनि गुप्ता आफैले नयाँ लेडिज कपडाको पसल सञ्चालन गर्ने उदेश्यले भन्सार गरी उक्त कपडा ल्याएको कागजात नभएको अवस्थामा प्रहरीले छापा मारेको हो ।
शनि गुप्ताले आफ्नै घरमा गोदाममा कपडा राखेको अवस्थामा प्रहरीले कपडा र शनि गुप्तालाई नियन्त्रणमा लिएर थप कार्वाही र अनुसन्धानको लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
पक्राउ गरिएको सामानका सम्बन्धमा घरमालिक आफैले विभिन्न स्थानिय पसलवाट कपडा खरिद गरेको पान विल बनाएर मिलाउने प्रयास गरेको पनि देखिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार