काठमाण्डौ : नृत्यकौशलका कारण भारतीय रियालिटी शो ‘डान्स इण्डिया डान्स लिल मास्टर्स’को सिजन ३ र ‘झलक दिखलाजा’ सिजन ९ की विजेता तेरिया फौजा मगरले अब नेपाली फिल्म खेल्ने भएकी छन्।
अनिल बुढा मगरको निर्देशनमा निर्माण हुने सिनेमा ‘मितज्यू’को मुख्य भूमिकामा उनी अनुबन्धित भएकी हुन्।
तेरियाले सन् २०२२ को भारतीय वेब सिरिज ‘उनकी यारी’ र सन् २०२३ को ‘क्याम्पस बिट्स’ जस्ता वेव सिरिजमा अभिनय गरेकी थिइन्। उनको प्रवेशसँगै सिनेमाको चर्चा बढ्ने देखिन्छ। नेपाली दर्शक तेरियालाई नेपाली सिनेमामा अभिनय गरेको हेर्न चाहन्थे। उनले समाजिक सञ्जालमा पोस्ट गर्न तस्वीरमा यस्ता प्रतिक्रिया प्रशस्त देख्न पाइन्छ।
जनक घर्ती मगरको लगानीमा निर्माण हुने सिनेमाका लागि दयाहाले दोस्रो पटक सहकार्य गर्न लागेका हुन्। उनीहरूले यसअघि यसवर्षको सुपरहिट सिनेमा ‘घरज्वाइँ’मा काम गरेका थिए। गत असार २८ गते प्रदर्शकमा आएको सिनेमाले ५१ औं दिन मनाउनुका साथै दर्शक तथा समीक्षकबाट उत्कृष्ट प्रतिक्रिया पाएको थियो।
जिएम मूभिज प्रोडक्सन र एबीएम सिने प्रोडक्सनको ब्यानरमा सिनेमा निर्माण हुनेछ। अर्को वर्षको छायांकन हुने सिनेमामा दयाहाङ राइ र तेरियाबाहेक अन्य कलाकार को–को कलाकार रहने निर्माण टिमले सार्वजनिक गरेको छैन्।
आगामी वर्षको चैत २७ गतेलाई सिनेमाको प्रदर्शन मिति घोषणा भैसकेको छ। महेश राईको लेखन रहेको सिनेमाका प्रोडक्सन कन्ट्रोलर धन बहादुर राई हुन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार