एजेन्सी : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सँग व्हाइट हाउसमा लामो भेटवार्ता गरेका छन्। भेटपछि युक्रेन र रसियालाई हालको सीमा रेखामा युद्ध तुरुन्त रोक्न र त्यसलाई अन्त्य गर्न आग्रह गरेका छन्।
“धेरै रगत बगिसकेको छ, अब दुवै पक्षले जितेको दाबी गर्न सक्छन्, तर इतिहासले त्यस निर्णय गर्नेछ”, उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, “तपाईंहरू जहाँ हुनुहुन्छ, त्यहीँ रोकिनुहोस्, आफ्ना परिवारमा फर्कनुहोस् र शान्ति कायम राख्नुहोस्।”
यसअघि केही हप्ताअघि ट्रम्पले युक्रेनले रसियाबाट कब्जा गरेको सम्पूर्ण भूभाग फिर्ता लिन सक्ने विश्वास व्यक्त गरेका थिए, तर हालको अभिव्यक्तिले उनको दृष्टिकोणमा केही परिमार्जन आएको देखिन्छ।
जेलेन्स्कीले अहिले नै युद्ध रोकिनु आवश्यक भएको र त्यसपछि वार्ता अगाडि बढाउनुपर्ने बताएका छन्। तर ट्रम्पले भूभाग फिर्ता दिन दबाब दिएको सम्बन्धी प्रश्नमा उनले स्पष्ट जवाफ दिन सकेनन्।
ट्रम्पले रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको टेलिफोन वार्तापछि युक्रेनलाई लामो दूरीका टोमाहक मिसाइल उपलब्ध गराउने विषयमा केही अनिच्छा देखाएका छन्। यी मिसाइलले युक्रेनी सेनालाई रसियाको भित्री क्षेत्रमा लक्षित गर्न सक्षम बनाउने विश्वास गरिएको छ। पुटिनले यस विषयमा अमेरिकासँगको सम्बन्धमा असर पर्ने चेतावनी समेत दिएका छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार