Listen LIVE

जनकपुरधाममा एकमहिने बोलबम मेलाको कलशयात्रा

जनकपुरधाम : जनकपुरधाम उपमहानगर–१६ स्थित कपिलेश्वरनाथ  महादेवमा लाग्ने एकमहिने बोलबम साउने मेलाको कलशयात्रा सम्पन्न भएको छ।

शनिबार कपिलेश्वरनाथ युवा कमिटीद्वारा आयोजित शान्ति कलशयात्रा बाबा कपिलेश्वरनाथ महादेव स्थानबाट झाँकी  एवं बाजागाजा सहित हजारौँको सहभागितामा पुनः कपिलेश्वरनाथ पुगेको थियो।

सभालाई पूर्वमन्त्री रघुवीर महासेठले सम्बोधन गर्दै उक्त धार्मिक स्थलको संरक्षण र संवर्धन गर्न आग्रह गरे।

त्यसैगरी मधेश सरकारका न्यायाधिवक्ता सुरेन्द्र महतो, क्षीरेश्वरनाथ नगरपालिकाका प्रमुख सुखदेव यादव, औरही गाउँपालिका प्रमुख उमाशंकरप्रसाद साह, निवर्तमान नगर प्रमुख लालकिशोर साह, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जीतेन्द्र महासेठ, उपाध्यक्ष शम्भुप्रसाद साह, लगायत उपस्थित थिए।

प्रतिक्रिया