Listen LIVE

कक्षा १२ को नतिजा आगामी साता

नेपालगञ्ज डेस्क : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले हाल म्याचिङ र प्रोसेसिङको काम भइरहेको भन्दै आगामी साता नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको बताए ।

गत वैशाखमा भएको परीक्षामा चार लाख ९६ हजार विद्यार्थी सहभागी भएका थिए । परीक्षा बोर्डका अनुसार नियमिततर्फ तीन लाख ९० हजार र ग्रेडवृद्धितर्फ एक लाख ६ हजारले परीक्षा दिएका छन् ।

प्रतिक्रिया