धनगढी : कैलाली प्रहरीले भन्सार छलीको सामानसहित धनगढीबाट दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कञ्चनपुरको पुनर्वास नगरपालिका–१ का ३१ वर्षीय हरि बुढा र धनगढी उपमहानगरपालिका–९ की ४० वर्षीया सरस्वती विक रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक गजेन्द्रबहादुर चन्दको कमाण्डमा खटेको प्रहरी टोलीले उनीहरुलाई धनगढी उपमहानगरपालिका–१ नवदुर्गा मन्दिर नजिकबाट नियन्त्रणमा लिएको हो ।
बुढाले चलाएको सु.प.प्र. ०१–००१ ज १२७९ नम्बरको म्याजिक गाडीलाई शंका लागि चेकजाँच गर्दा १० लाख ७२ हजार रुपियाँ बराबरको भन्सार छलीको विभिन्न सामान बरामद भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिए ।
2024-06-29
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार