Listen LIVE

नेपालगञ्जद्वारा अनुदानमा गहुँको उन्नत बीउ वितरण

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले अनुदानमा गहुँको उन्नत बीउ वितरण गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका कृषि शाखामार्फत खाद्यान्न बाली गहुँको उन्नत बीउमा ५० प्रतिशत अनुदानमा कृषकहरुलाई वितरण कार्यक्रम अन्तर्गत विजय र बाणगंगा जातको उन्नत बीउ वितरण गरिएको हो । 

नेपालगञ्ज उपमहानगरपालिका भरिका आम किसानहरुलाई लक्षित गरी बितरण गर्नु पूर्व बीउ माग संकलनका लागि ७ दिने सूचना प्रकाशन गरिएको थियो । उक्त समयभित्र माग गर्न आएका किसानहरुलाई बीउ बितरण गरिएको कृषि शाखाका नायब प्राविधिक सहायक भुवन प्रसाद पन्तले बताए । 

कृषक, सहकारी र वडा कार्यालय समेत गरी १७७ जनालाई ११ हजार ७ सय ९० किलोग्राम उन्नत जातको गहुँको बीउ वितरण गरिएको कृषि शाखा प्रमुख अम्बिका रिजालले जानकारी दिइन् ।

प्रतिक्रिया