काठमाण्डौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज वार्ता हुँदै छ। टेलिफोन वार्तामा उनीहरूबीच मुख्यतः रुस–युक्रेन युद्धविरामको बारेमा कुराकानी हुने जनाइएको छ।
अमेरकाले तीव्र दबाब बढाउँदै युक्रेनलाई ३० दिने अस्थायी युद्धविराममा राजी बनाएसँगै रुसमाथि पनि दबाब बढाएको थियो। आफ्नो प्रस्ताव नमाने रुसले विनासकारी परिणाम भोग्नुपर्ने चेतावनी अमेरिकाले दिएको थियो। तर, रुसले भने यसमा संयमित प्रतिक्रिया जनाएको थियो ।
रुसले अस्थायी युद्धविरामको प्रस्तावलाई इन्कार नगरे पनि त्यसका लागि केही सर्तहरू पूरा हुनुपर्ने बताएको थियो। विश्लेषकहरूले भने रुसले राखेका त्यस्ता सर्तहरू कडा रहेको जनाएका छन्। यस्तो अवस्थामा हुन लागेको ट्रम्प–पुटिन वार्तालाई महत्त्वका साथ हेरिएको छ।
वार्ता हुनुभन्दा पहिले त्यसका एजेन्डाहरू तय भएको रुसी राष्ट्रपतिको कार्यालयले जनाएको छ। रुसी समाचार एजेन्सी तासलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार अलग–अलग स्तरमा भएको कुराकानी पनि ट्रम्प–पुटिन वार्ताका एजेन्डा हुनेछन्।
ट्रम्प र पुटिनबीच हुन लागेको वार्ताका सम्बन्धमा युक्रेनले पनि प्रतिक्रिया दिएको छ। युक्रेनको विदेश मामिलाको संसदीय समितिका अध्यक्ष अलेक्जेन्द्रो मेरजले युक्रेनका सम्बन्धमा तीन शर्त उठाएका छन्।
उनले भनेका छन– युक्रेन आफ्नो सीमा जोडिएको विषयमा कुनै पनि छुट दिन तयार छैन। र, यसमा युक्रेन कुनै पनि कुरा गर्न तयार छैन। अन्तर्राष्ट्रिय संगठन खासगरी नेटोको सदस्यताबारे युक्रेनको विषयमा रुसी राष्ट्रपति पुटिनले कुनै पनि निर्णय हुनु नहुने युक्रेनको शर्त छ।
आफ्नो रक्षा क्षमताका लागि पुटिनको कुनै पनि निर्णयमा राजी नहुने युक्रेनको तेस्रो शर्त छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार