दाङ : दाङको राप्ती गाउँपालिकामा रहेको ऐरावति आदर्श बहुमुखी क्याम्पसमा कार्यरत कर्मचारीको दुर्घटनामा मृत्यु भएको छ । क्याम्पस प्रशासन शाखामा कार्यरत कर्मचारी सन्तोष योगीको मोटरसाइकल दुर्घटनामा शनिबार विहान मृत्यु भएको हो ।
क्याम्पसबाट काम गरेर फर्कदैगर्दा भालुवाङ नजिकै ट्रकले ठक्कर दिँदा उहाँको मृत्यु भएको क्याम्पस क्याम्पस प्रमुख बिक्रान्त ज्ञवालीले जानकारी दिनुभयो । शवलाई भालुवाङ अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ । वर्षातका कारण अत्यधिक पानी परेपछि दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
2024-07-06
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार