बर्दिया : इलाका प्रहरी कार्यालय मैनापोखरले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा, जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका वडा नं. १० बस्ने बर्ष अन्दाजी २० को प्रदीप बुढा रहेका छन् ।
बिशेष सुचनाको आधारमा खटिएको सयुक्त प्रहरी टोलीले जिल्ला बर्दिया बढैयाताल गाउँपालिका वडा नं. २ फुटाहा स्थित एरियामा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा चेकजाँच गर्ने क्रममा बुढाको साथबाट ३ ग्राम ३१० मिलीग्राम (लागु औषध) ब्राउन सुगर फेला पारी पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार, बुढालाई चेकजाँच गर्दा केही फेला नपरेकोले निज ब्यक्तीले मुखबाट निलिराखेको शंका मानि निजलाई बान्ता गराउँदा निजले वान्ता गर्नेक्रममा पेट भित्ररहेको रातो धागोले बेरीएको फिक्का पहेंलो रंगको ४ ओटा प्लाष्टिकको पुडिया निजले निली राखेको अवस्थामा लागुऔषध फेला परेको हो ।
उनलाई इलाका प्रहरी कार्यालय मैनापोखरमा राखी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार