नेपालगञ्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले भन्सार छलि चोरी पैठारी गरी ल्याइएका विभिन्न प्रकारका सामान बरामद गरेको छ।
प्रहरीका अनुसार विभिन्न मितिमा जिल्लाका विभिन्न स्थानबाट धानको बिउ, घाँसको बिउ, मकैको बिउ, चुरोट, फलफूल, माउन्टेन ड्यु पेय पदार्थ, कस्मेटिक सामग्री लगायतका अन्दाजी मूल्य रु. ७ लाख ४८ हजार ५ सय बराबरका सामान बरामद गरिएको हो।
बरामद सामान ढुवानीमा प्रयोग भएका सवारी साधन तथा संलग्न व्यक्तिहरूसहित आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालय नेपालगञ्ज, बाँकेमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
2026-06-15
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार