सल्यान : छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल बिक्रीबाट साढे ३० करोड बढी नगद हात पारेका छन् ।
बेमौसमी तरकारी खेतीमा मिहिनेत र लगानी दुबै बढाउँदै लगेका किसानहरूले गत जेठको अन्तिम हप्तादेखि हालसम्म ३० करोड ५१ लाख २२ हजार ७२५ रुपियाँ बराबरको ७८ लाख ५९ हजार ९३६ किलो ताजा तरकारी र फलफूल बिक्री गरेको कृषि उपज बजार केन्द्र कपुरकोटले जानकारी दिएको छ ।
यद्यपी किसानहरूले यस वर्ष विगतका वर्षहरूको तुलनामा आफ्नो कृषि उत्पादनले न्यून मूल्य पाएको गुनासो गरेका छन् ।
बजार केन्द्रका अध्यक्ष तिलक शर्माका अनुसार छ महिनामा किसानहरूले ५० लाख ८५ हजार ४८१ किलो टमाटर बिक्रीबाट १९ करोड ३९ लाख नौ हजार ४१७ रुपैयाँ र १५ लाख सात हजार ६८६ किलो बन्दा बिक्रीबाट तीन करोड १६ लाख ६१ हजार ४२१ रुपैयाँ आम्दानी गरेका छन् ।
यस्तै सात लाख ४६ हजार ३८७ किलो काउली बिक्रीबाट तीन करोड ५० लाख ८० हजार २३१ रुपैयाँ हात पारेका किसानहरूले एक करोड ९५ लाख ८२ हजार २०७ रुपैयाँ बराबरको दुई लाख ६४ हजार ६२४ किलो सिमी, ८८ लाख ९८ हजार ६०६ रुपैयाँ बराबरको एक लाख २० हजार ५१२ किलो भेडे खुर्सानी, एक लाख १७ हजार ७३५ रुपैयाँ बराबरको नौ हजार ८०० किलो नास्पाती र ३० लाख ९४ हजार ६८५ रुपैयाँ बराबरको ५३ हजार ४९५ किलो अदुवा बिक्री गरेका हुन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार