काठमाडौं । सेयर बजार परिसूचकमा बुधबार दोहोरो अंकको गिरावट आएको छ । १०.७१ अंकले घटेको परिसूचक २०२५.३० विन्दुमा रह्यो ।
उत्पादन तथा प्रशोधनबाहेक ११ उपसूचकमा आएको गिरावटले परिसूचक घटेको हो । कारोबार रकम पनि अघिल्लो दिनका तुलनामा ६६ करोडले घटेको छ । आज ८६ लाख ९६ हजार ९१८ कित्ता सेयर किनबेच हुँदा रकम ३ अर्ब ४८ करोड ५६ लाख रुपैयाँमा सीमित रह्यो ।
हिजो ९७ लाख ८९ हजार ४१६ कित्ता सेयर ४ अर्ब १४ करोड ३७ लाख रुपैयाँमा किनबेच भएको थियो भने साताको पहिलो दिनको कारोबार रकम ४ अर्ब २५ करोड ६६ लाख रुपैयाँ थियो ।
१३ उपसमूहमा व्यापार १.४६ र उत्पादन तथा प्रशोधन ०.१३ प्रतिशतको बढोत्तरी छ । अन्य सबै उपसमूह घटेका छन् । सर्वाधिक फाइनान्स उपसमूह २.५० प्रतिशत छ ।
आज १७६ कम्पनीको सेयरमूल्य घट्दा सेयर लगानीकर्तालाई नोक्सान भएको छ । ६३ कम्पनीको मात्रै सेयरमूल्य बढेको छ । ६ कम्पनीको सेयरमूल्य स्थिर रह्यो ।
सेयरमूल्य बढेका कम्पनीमा माण्डु हाइड्रोपावर र खानीखोला हाइड्रोपावर छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार