नेपालगञ्ज : बिहीबारदेखि सुरु भएको माध्यामिक शिक्षा परीक्षा (एसइई) मा बाँकेका दुई वटा बाल सुधार गृह र दुई वटा कारागारमा रहेका ४३ जना बालबन्दी तथा कैदीले पनि सहभागिता जनाएका छन्।
जिल्लाको डुडुवा गाउँपालिकास्थित जयेन्दु बाल सुधार गृह र नौबस्ता बाल सुधार गृहमा रहेका ३५ जना बालबन्दी तथा नेपालगञ्ज कारागार र नौबस्ता कारागार का ८ जना कैदीले बिहीबारको परीक्षा दिएका छन्।
शिक्षा विकास तथा समन्वय एकाइ बाँकेका प्रमुख धनसुदन चौलागाईंका अनुसार, डुडुवाको जयन्दु बाल सुधार गृहबाट ३२ जना, नौ बस्ता बाल सुधार गृहबाट ३ जना र कारागारबाट ४–४ जना गरी ८ कैदी परीक्षामा सहभागी भएका थिए।
उनले परीक्षा शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न भएको बताउँदै, परीक्षा सञ्चालनका लागि सुरक्षाको कडा व्यवस्था, अनुगमन र निरिक्षण निरन्तर गरिएको जानकारी दिए।
बाँके जिल्लामा यस वर्ष ३६ वटा परीक्षा केन्द्र मार्फत कुल ९,६१५ जना परीक्षार्थी एसइईमा सहभागी भएका छन्। पछिल्ला तीन वर्षमा एसइई दिने विद्यार्थीको सङ्ख्या घटेको देखिएको छ। यसअघि २०७९ मा आठ हजार ८८६, २०८० मा नौ हजार २९३, र २०८१ मा दस ४१६ विद्यार्थीले जिल्लाबाट एसइई दिएका थिए।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार