नेपालगञ्ज : असार २३ गते साँझ बाँकेको डुडुवा नदीमा पौडी खेल्न जाँदा डुबेर बेपत्ता भएका नेपालगन्ज २० का एक पुरुष अझै फेला परेका छनैन् ।
गत पाँच दिनदेखि उहाँको खोजी कार्य भइरहे पनि अझ उनको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन नसकेको सशस्त्र प्रहरी बल ३० नम्बर गण हेडक्वाटर बाँकेले जनाएको छ ।
आइतवार साँझ करिब ५ बजे नेपालगञ्ज –२० राँझा विमानस्थल पछाडि रहेको डुडुवा नदीमा पौडी खेल्ने क्रममा सोही ठाँउका ४२ वर्षीय सुशीलप्रसाद दाहाल बेपत्ता भएका थिए ।
प्रहरीले तत्काल दाहालको खोजी कार्य सुरु गरेर हालसम्म खोजी जारी राखे पनि उनी फेला नपरेकाले अब नदीको तटीय क्षेत्रका बासिन्दालाई निगरानी गर्न आग्रह गरिएको सशस्त्र प्रहरी बल ३० नम्बर गण हेडक्वाटर बाँकेका गणपति एसपी विमल डाँगीले बताए ।
उनले दाहाल डुडुवामा डुवेर वेपत्ता भएको खबर प्राप्त भएपछि सशस्त्र प्रहरी बल, नेपाल आयल निगम सुरक्षा बेस राँझाबाट सशस्त्र प्रहरी निरीक्षक नवराज शाहीको कमाण्डमा खटिएको टोली, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा खोजीकार्य गरिएको बताए ।
दाहालको खोजीका लागि मोटरबोटको प्रयोग गर्नुका साथै शसस्त्र प्रहरीको नौ जनाको विशेष गोताखोर टोलीलाई परिचालन गरेर सम्भावित सबै ठाउँमा खोजी गरे पनि कुनै पत्ता नलागेको एसपी डाँगीले बताए ।
चार दिनसम्म खोज्दा पत्ता नलागेपछि नदीको तटीय क्षेत्रका वासिन्दालाई सो बारेमा जानकारी गराएर केही देखिएमा खबर गर्न आग्रह गरिएको सशस्त्र प्रहरी वल ३० नम्बर गण हेडक्वाटर बाँकेले जनाएको छ ।
गत साता भएको निरन्तर वर्षाका कारण बाँकेका सबैजसो खोला र नदीमा बाढी आएकाले ती नदी र खोलामा पानीको बहाव र सतह धेरै बढेको थियो । अहिले ती खोला र नदीमा पानीको सतह घटेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार