Listen LIVE

खजुरामा झोला बनाउने तालिम सम्पन्न

खजुरा (बाँके) : सिप भयो भने जहाँ पनि गरेर खान सकिन्छ भन्ने पुरानो भनाई छ । यो भनाई यत्तिकै त पक्कै पनि नआएको होला, सिप भएर जीवनयापन सहज भएपछि नै यो भनाई आएको हुन सक्छ । यो भनाईलाई सार्थक बनाउन सकिए देशमा रहेका सबैले मज्जाले जीवनयापन गर्न सक्नेमा कुनै दुई मत छैन होला ।

यही कुरालाई जोड दिएर बाँकेको खजुरा कार्यक्रम संचालन पनि गरिएको छ । खजुरामा स्थानीयलाई सिप दिएर आर्थिक रुपमा अगाडी बढ्न बटो बनाउनका लागि विद्यालय झोला (स्कुल व्याग) बनाउने तालिम संचालन गरिएको थियो । बढ्दो विकासक्रमसँगै विद्यालयको जनसंख्या बृद्धिका साथै आवश्यकता अनुसार विद्यालयहरु खुल्ने क्रम बढेको छ ।

यसको बृद्धि भएपछि विद्यालय जाने बालबालिकाले झोला बोक्नुपर्ने अवस्था पनि निरन्तर रहन्छ र आवश्यकता पनि बढ्दै जाने भएको कुरालाई मध्यनजर गरेर स्थानीय झोला निर्माण गर्न दक्ष बनाउन ३९० घण्टाको तालिम मंगलबार औपचारिक रुपमा समापन गरिएको छ ।

खजुरा गाउँपालिकाको आर्थिक सहयोगमा सहायताका लागि सहयोगी हातहरुले संचालन गरेको दुई महिने सो तालिमको समापनमा बोल्ने वक्ताहरुले समेत यो तालिम फलदायी र अहिलेको आवश्यकता अनुसार भएको कुरामा जोड दिएका थिए ।सहायताका लागि सहयोगी हातहरुका अध्यक्ष पुष्पा कुमारी सुनारको अध्यक्षतामा भएको तालिम समापनमा खजुरा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष टेक बहादुर रोका क्षेत्रीले सिप पनि सिकाउने र उत्पादन पनि हुने यस्ता कार्यक्रम वडास्तरमा पनि आगामी दिनमा संचालन गरिने बताए ।

यस्तै खजुरा गाउँपालिकाका सामाजिक विकास संयोजक कृष्णा कुमारी पोखरेल विकले तालिमले सिकाएको सिपको सहि सदुपयोग गर्ने बेला आएको भन्दै सहभागिलाई इमानदारीताका साथ सक्रिय हुन अनुरोध गरिन् । उनले स्कुल व्यागको बजारीकरणमा पालिकाले सघाउने भएकाले गुणस्तरीय ब्याग निर्माण गर्न तालिम लिएकाहरु लाग्न आवश्यक रहेको बताइन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका अध्यक्ष मधु खड्काले तालिमले सिप विकास बृद्धि गर्न यो कार्यक्रम फलदायी हुने र यसलाई रोजगारमा जोड्न सक्नुपर्नेमा जोड दिए । लक्षित वर्गको कार्यक्रम अन्तर्गत यो तालिम संचालन गरिएको सहयोगी हातहरुका सचिव विकासहरी कोइरालाले जानकारी दिए ।

खजुराका ४२ जनाको सहभागिलाई प्रमाण पत्र तथा प्रशिक्षकहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बागेश्वरी उपशाखा खजुराका सभापति जिवनाथ सापकोटा, इलाका प्रहरी कार्यालय धनौलीका इन्चार्ज प्रहरी निरिक्षक अशोक मल्ल, आदर्श युवा सञ्जाल खजुराका अध्यक्ष कल्पना तामाङ्ग, पत्रकार तथा प्रशिक्षकहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया