काठमाण्डौ : सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मतसम्बन्धी विवादको मुद्दालाई पूर्ण सुनुवाइका लागि पठाएको छ । मंगलबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको इजलासले लिखित जवाफ पेस भएलगत्तै अन्तिम सुनुवाइका लागि पेस गर्ने आदेश गरेका हुन् ।
हालसम्म लिखित जवाफ दर्ता नभएको र अन्तरिम आदेश जारी गर्नुभन्दा अन्तिम किनारा गर्नुपर्ने देखिएकाले सर्वोच्चले मिति तोकेर फैसलाको सुनुवाइका लागि पठाएको हो । यसअघि सुनिलकुमार पोखरेलको इजलासले कारण देखाऊ आदेश गर्दै लिखित जवाफ माग गरेको थियो । दोस्रो सुनुवाइमा न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासले तीन वटा फाइल मगाउँदै आजका लागि पेशी तोकेको थियो ।
इजलासले नागरिक उन्मुक्ति पार्टीले सरकारबाट समर्थन फिर्ता लिएको भनी संसद् सचिवालयमा पठाएको पत्र र पुनः समर्थन गरेको पत्र झिकाउन आदेश गरेको थियो । यस्तै, नागरिक उन्मुक्ति पार्टीबाट सरकारमा सहभागी मन्त्री अरुणकुमार चौधरीले राजीनामा दिएको आधिकारिक पत्र झिकाउन अदालतले आदेश गरेको थियो ।यसअघि न्यायाधीश पोखरेलको इजलासले चार प्रश्न उठाउँदै लिखित जवाफ मगाएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार