Listen LIVE

लमहीमा जारी पिएम कपमा बाग्मतीको सहज जीत

दाङ : लेफ्ट आर्म पेश बलर रिजन ढकाल र स्पिनर सूर्य तामाङ चम्किएपछि दाङको लमहीमा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ अन्तरगत आज भएको खेलमा बाग्मती प्रदेशले  कर्णाली प्रदेश विरुद्ध ९ विकेटको सहज जीत निकालेको छ ।

कर्णालीले दिएको ५९ रनको सामान्य लक्ष्य गण्डकी प्रदेशले ६ दशमलव ३ ओभरमा २६१ बल अगावै ९ विकेटको जीत हासिल ग¥यो । आशुतोष घिरैया २० बलमा ४ चौकासहित १९ रनमा र शुभ कंशाकार ९ बलमा १ छक्का र २ चौकासहित १६ रनमा अविजित रहँदै जीत दिलाए । ईशान पाण्डेले ११ बलमा १ छक्का र २ चौकासहित २२ रन जोडे । बलिङमा कर्णालीका दीपेन्द्र रावतले १ विकेट लिए ।

यसअघि  टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीका खेलाडी रिजन ढकाल र सूर्य तामाको बलमा  लगातार पेभेलियन फर्किएपछि १९ दशमलव १ ओभरमा अलआउट हुँदै ५८ रनमा समेटिएको थियो ।

सुनिल धमलाले १५ रन जोड्नु बाहेक अरू खेलाडी सस्तैमा समेटिए। रविन्द्र शाही ८ रन, विपिन शाही २ रन, राज शाह २ रन, दीपेन्द्र रावत ५ रन, अर्जुन घर्ती ५ रन, दिनेश रावत ५ रन, दिनेश अधिकारी ४ रन, प्रकाश जैशी ४ रनमा आउट भए ।

गण्डकीका रिजन ढकालले ८ दशमलव १ ओभरमा १ मेडनसहित १९ रन खर्चेर ५ विकेट लिए । सूर्य तामाङले ७ ओभरमा २ मेडनसहित १७ रन दिएर ४ विकेट लिए । गण्डकीलाई सहज जीत दिलाउने आधार तयार गरि पाँच विकेट लिएका रिजन ढकाल प्लेयर अफ द म्याच भए ।

दाङमा पहिलो पटक आयोजना गरिएको पिएम पुरुष क्रिकेट प्रतियोगितामा कर्णाली विरुद्ध सहज जीत निकाल्दै बाग्मती कुल ८ अङ्कका साथ चौथो स्थानमा उक्लिएको छ ।

कर्णाली प्रदेश भने आजको हारसँगै पाँचौँ स्थानमा झरेको छ । नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट सङ्घको समन्वय तथा दाङ क्रिकेट सङ्घको व्यवस्थापनमा जारी प्रतियोगितामा ३ विभागीय टिम आर्मी क्लब एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टिमले फागुन २५ गतेबाट लुम्बिनी प्रदेशको रुपन्देही र दाङमा प्रतियोगिता खेलीरहेका छन् । राउण्ड रोविनका आधारमा भइरहेको प्रतियोगिता चैत १६ गतेसम्म चल्नेछ ।

तीन खेल मैदानमा भइरहेको प्रतियोगिता अन्तरगत रुपन्देहीको सिद्धार्थ रङ्गशालामा १७ वटा, एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा १५ वटा, दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा १४ वटा गरि ४६ वटा खेल भइरहेका छन् ।

यता, दाङमा देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा १२ गतेसम्म हुने प्रतियोगितामा अब  अब भोलि चैत १२ गते नेपाल पुलिस क्लब र कर्णाली प्रदेश बिच खेल हुने तालिका रहेको छ ।

प्रतिक्रिया