Listen LIVE

श्रीमतीको हत्याको आरोपमा श्रीमान् पक्राउ

नेपालगञ्ज : दाङको लमहीमा लाठी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले लमहीको स्यालेमा ४४ बर्षीय चक्रबहादुर भनिने श्यामकुमार कुमालले ४२ वर्षीया श्रीमती इश्वरी कुमालको लाठी प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ गरेको जनाएको छ ।

मंगलबार राति ८ बजेतिर पसलबाट घर फर्किने क्रममा श्रीमानले बाटोमै श्रीमतीमाथि लाठी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । प्रहरीका अनुसार लाठी प्रहारबाट इश्वरीको घटनास्थलमै मृत्यु भएपछि श्याम भाग्न खोजे पनि जलकुन्डीका स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए ।

पसलबाट फर्किने क्रममा बिबाद भएपछि श्रीमानले एकाएक बाटोमा लाठीले श्रीमतीमाथि लाठी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी दाङले जानकारी दिएको छ । हत्या आरोपी श्यामलाई वडा प्रहरी कार्यालय लमहीको हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

प्रतिक्रिया