गुल्मी : गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा १५ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ। प्रतियोगिता यहि जेठ १८ गतेदेखि २० गतेसम्म रुरुक्षेत्र गाउँपालिका–४ को घिउवेंसी खेलमैदानमा सञ्चालन हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ।
गुल्मी जिल्ला खेलकुद विकास समिति र रुरुक्षेत्र गाउँपालिकाको संयुक्त आयोजनामा सञ्चालन हुन लागेको १५ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जिल्लाका दुई नगरपालिका र दश गाउँपालिकाबाट खेलाडीको सहभागिता रहनेछ। १२ स्थानीय तहका एक हजारभन्दा बढी छात्ररछात्राहरुले सहभागिता जनाउने भएका छन्।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल छात्ररछात्रा, कबड्डी छात्ररछात्रा, एथलेटिक्सःदौड (ट्रयाक), उफ्रने र फ्याँक्ने (फिल्ड) तर्फ हाईजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुट साथै मार्सल आर्टतर्फ कराँते, तेक्वान्दो खेल समावेश गरिएको छ।
प्रतियोगिता मार्फत विद्यार्थीहरुको शारीरिक तथा मानसिक विकासमा टेवा पुग्नुका साथै विद्यार्थीलाई आनुशासनमा रहन पनि सहयोग गर्ने जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले बताए । प्रतियोगितालाई सफल बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको रुरुक्षेत्र गाउँपालिकाका अध्यक्षले यदु ज्ञवालीले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार