Listen LIVE

चट्याङ लागेर जुम्लामा एक तिर्थालुको मृत्यु

जुम्ला : चट्याङ लागेर तीर्थबाट आउँदै गरेका जुम्लाका एक जना तिर्थालुको मृत्यु भएको छ । पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराले पातारासी गाउँपालिका–१ गढिगाऊँ निवासी हाल चन्दननाथ नगरपालिका–१ स्थित हिमालय खत्रीको घरमा बस्दैआएका धनसुर बुढाको मृत्यु भएको जानकारी दिए । उनले मुगुबाट आउँदै गर्दा निधन भएको खबर आएको जानकारी दिए । 

यता जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी उमेश चन्दका अनुसार जुम्लाबाट मुगुको ऋणमोक्ष तीर्थस्लमा गएर फर्किनेक्रममा जुम्ला र मुगुको भेरी नाका पाटनमा चट्याङ लागेर शुक्रवार ३ः३० बजे उनको निधन भएको हो । 

प्रहरीका अनुसार उहाँसँगै गएका २ जना भने सकुशल छन् । प्रहरी निरीक्षक चन्दका अनुसार निधन भएका व्यक्तिको शव पोष्टमार्टमका लागि जिल्ला सदरमुकाम लगिएको छ ।

प्रतिक्रिया