बर्दिया : बर्दियामा जबरजस्ती करणी मुद्दामा फरार एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा, जिल्ला बर्दिया राजापुर नगरपालिका वडा नं. ६ दौलतपुर बस्ने बर्ष ५८ को भरत पौडेल उपाध्याय रहेका छन् ।
प्रहरीका अनुसार, जबरजस्ती करणी मुद्दामा बर्दिया जिल्ला अदालतको मिति २०७३ पुष ४ गतेको फैसला आदेशले ५ बर्ष कैद हुने गरी फैसला भएका फरार प्रतिवादी उपाध्यायलाई आफ्नै घरवतनमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो ।
पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला अदालत बर्दियामा दाखिला गरिएको प्रहरीले जनाएको छ ।
2024-08-13
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार