नेपालगञ्ज : इस्लाम धर्मावलम्वीहरूको मोहर्रम पर्व चलिरहेको छ । दश दिनसम्म धुमधाम धार्मिक कार्यक्रम सहित मनाइने मोहर्रम पर्वको अवसरमा रातीको समयमा जुलुस निस्कने गरेका छन् । आइतबार राती मोहर्रम पर्वको सातौं दिन अलम निकाल्ने, ढोल मिलान, ठेला मिलान, मातम लगायतका धार्मिक कार्यक्रम भएका छन् ।
मोहर्रमका धार्मिक गतिविधि आगामी बुधबारसम्म जारी रहने छ । बुधबार नेपालगञ्ज स्थित कर्बलामा ताजिया बिर्सजनपछि मोहर्रम पर्व समापन हुनेछ ।
समापनको अघिल्लो दिन मंगलबार ताजिया राखिने गरेको छ । त्यस्तै, आज सोमबार राती फुल्टेक्रा, बुलिया, टांगा स्टेशन र धम्बोझीबाट यादगारे हुसेन मनाउँदै जन्जिरबाट आगोमा हाम फाल्दै मातम गर्ने, आलम मिलन, अब्बासको तलबार मिलन लगायतका धार्मिक गतिविधि हुने नेपाल मोहरम तथा कर्बला संरक्षण समितिका अध्यक्ष मेराज अहमद हलवाईले जानकारी दिएका छन् ।
2024-07-15
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार