नेपालगञ्ज : नमस्ते बचत तथा सहकारी संस्था लिमिटेडका बचतकर्तालाई जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिन सूचना जारी गरिएको छ ।
सहकारीको रकम हिनामिनाको अनुसन्धान तहकिकातको सिलसिलामा बचतकर्ताको रकम यकिन गर्न जाहेरी माग गरिएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेले सूचना जारी गरेर दश दिनभित्र जाहेरीसहित आउन बचतकर्तालाई आग्रह गरेको छ ।
बाँकेको ठूलोमध्येको नमस्ते सहकारीका सञ्चालक लामो समयदेखि बेपत्ता भएका छन् ।
2024-07-23
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार