Listen LIVE

नेपालगञ्ज भन्सारका सुचना अधिकारीमाथि कारवाहीको माग

नेपालगञ्ज : सुचना माग गर्न गएका सुचना मागकर्ता र सञ्चारकर्मीलाई नेपालगञ्ज भन्सार कार्यालयका सुचना अधिकारी पूर्णप्रसाद लम्सालले दादागिरी शैलीमा दुर्व्यवहार गरेका छन् ।

भन्सार कार्यालयले पछिल्लो समय गरेका काम कारबाहीका वारे सुचना नागरिक सामु लैजाने हेतुले सकारात्मक सुचना मागका लागि गएका बेला कार्यालयका सुचना अधिकारी लम्सालले दुर्व्यवहार गरेको सञ्चारकर्मी मोहम्मद आरिफ अन्सारीले बताए ।

सुचना मागका क्रममा गरिएको दुर्व्यवहारप्रति भत्र्सना गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारीे खगेन्द्र रिजाल समक्ष सुचना अधिकारी लम्साललाई कानुनी कारवाहीको माग गरेका छन् ।

प्रमुख जिल्ला अधिकारीे रिजाललाई ज्ञापनपत्र बुझाउने सुचना मागकर्ता र सञ्चारकर्मीहरुमा राष्ट्रिय महासंघ लुम्बिनी प्रदेश अध्यक्ष हेमन्त कर्माचार्य, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य मोहम्मद आरिफ अन्सारी, सूचना र मानवअधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिवक्ता विश्वजीत तिवारी, सूचना अभियन्ता अरुणकुमार तिवारी र अभियन्ता शैलेन्द्र कुमार वैश्यलगायत रहेका थिए ।

सुचना मागकर्ता र सञ्चारकर्मीलाई यसरी दुर्व्यवहार गर्ने भन्सारका सुचना अधिकारीलाई कारवाही गर्न प्रशासनले के कस्तो कदम चाल्छ भन्ने बारे हेर्न बाँकी रहेको उनीहरुले बताएका छन् ।

प्रतिक्रिया