नेपालगञ्ज : बाँकेको राप्ती सोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकामा बालबिवाह रोकथाम सम्बन्धि सचेतना र हस्ताक्षर अभियान सञ्चालन गरिएको छ । उक्त अभियानका क्रममा बिद्यार्थी, अभिभावक, शिक्षकलाई भिडियो प्रर्दशन, ब्रसलेट वितरणसँगै सपथ ग्रहण गराई हस्ताक्षर अभियान सञ्चालन गरिएको हो ।
कैलाश सत्यार्थी चिल्डे«न फाउण्डेशनको आर्थिक सहयोग र ब्याकवार्ड सोसाईटी एजुकेशन (बेस) संस्थाद्धारा सञ्चालित ‘जनकालत र सशक्तिकरणमार्फत बालबिवाह रोकथाम परियोजना’ अन्तर्गत उक्त अभियान सञ्चालन गरिएको बेसका केन्द्रिय सदस्य संगिता चौधरीले जानकारी दिइन् ।
सो अभियान अन्तर्गत राप्ती सोनारी र नरैनापुर गाउँपालिकामा ३० वटा बिद्यालयमा कार्यक्रम गर्ने लक्ष्य रहेको बेस बाँकेका सामाजिक परिचालक हर्षबर्धन चौधरीले बताए ।
2024-07-07
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार