Listen LIVE

बाँकेको डुडुवा खोलाको किनारामा वृक्षारोपण

नेपालगञ्ज : डुडुवा खोलाको किनारामा वर्षेनी कटान गर्ने गर्दछ त्यसलाई रोक्न र कोहलपुर नगरलाई सुन्दर र हरियो नगर बनाउन पिपलसहित २ सय विरुवा रोपिएको छ ।

कोहलपुरका १०, ११, १२ र १३ को विचमा पर्ने डुडुवा खोलाको किनारामा पिपल एक सय, निम ५० र छतिवन ५० सहित २ सय विरुवा वृक्षारोपण गरिएको हो ।

कोहलपुर नगरपालिका प्रमुख पूर्णप्रसाद आचार्य र उपप्रमुख संगिता सुवेदीले मसान घाटको नजिकै बर र पिपलको बोट रोप्दै सुरुवात भएको थियो ।

हरियो सुन्दर नगर बनाउने योजना अनुसार अहिले डुडुवा खोला वारीपारी क्षेत्रमा बोटबिरुवा रोप्ने र बजार क्षेत्रमा रोपिएकालाई संरक्षण गर्ने कार्यलाई तीव्र पारिएको आचार्यले बताए । आचार्यका अनुसार बिरुवाको संरक्षण होस् भन्ने उद्देश्यले रोप्नु पूर्व नै तारबार लगाउने काम पनि धमाधम चलिरहेको छ ।

वृक्षारोपण कार्यक्रममा कोहलपुर नगरपालिकाका ११ का वडा अध्यक्ष कल्पना अधिकारी शर्मा, नगर प्रहरी प्रमुख विर बहादुर थापा, बाल क्लब, किशोरी क्लब, युवा क्लब लगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया