Listen LIVE

आज साउनको अन्तिम सोमबार, पशुपतिनाथमा व्रतालुको भीड

नेपालगञ्ज : साउन महिनाको अन्तिम सोमबार आज बिहानैदेखि पशुपतिनाथमा दर्शन एवं पूजाका लागि भक्तजनको भीड लागेको छ। 

साउन महिनाको अन्तिम सोमबार भएकाले अघिल्ला सोमबारभन्दा भक्तजनको भीड बढी रहेको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ। 

साउनको सोमबार विवाहित महिलाले व्रत बसी शिवालयमा पूजा गरी जल चढाएमा अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ।

अविवाहित महिलाले व्रत गरे सोचेअ नुरुपको वर प्राप्त हुने विश्वास पनि  छ।

साउन महिनाको सोमबार व्रत बसेका व्रतालुले अन्तिम सोमबार आज गोदान र पूर्णपात्र गरी व्रत समापन गर्छन्। 

साउनको अन्तिम सोमबार उपत्यकाका गोकर्णेश्वर, डोलेश्वर, हनुमानढोकास्थित मक्खनको सानो पशुपतिलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ।

प्रतिक्रिया