Listen LIVE

संवैधानिक निकायको नियुक्तिमा सहमति, अबदेखि एक महिनाअघि नै निवेदन मागिने

नेपालगञ्ज । विभिन्न संवैधानिक निकाय र आयोगमा गरिने नियुक्तिका लागि सहमति कायम भएको छ । अबदेखि एक महिनापहिले नै निवेदन मागिने भएको छ । आइतबार बसेको संवैधानिक परिषद्को बैठकमा उक्त सहमति भएको उपसभामुख इन्दिरा रानामगरले बताइन् । 


महालेखा परीक्षकमा तोयम रायाको नियुक्ति संवैधानिक समस्या आउन नदिन तत्कालै गर्नु परेको पनि उपसभामुखले जानकारी दिइन् । उनका अनुसार निवेदकहरूमध्ये योग्यलाई छानेर नियुक्ति दिने सहमति परिषद्मा भएको छ ।

‘संवैधानिक निकायमा अब चाहिँ एक महिनाअघि नै निवेदन माग्ने र आदेवकमध्येबाट योग्यलाई नियुक्त गर्ने व्यवस्था गरेका छौँ’, उपसभामुख रानामगरले भनिन्, ‘चाँडै खाली हुने निर्वाचन आयोगदेखि अन्य संवैधानिक निकायमा यो लागु हुनेछ।’

आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी रायालाई महालेखापरीक्षकमा नियुक्त गरेको थियो ।

महालेखापरीक्षकको कार्यकाल ६ वर्षको हुने प्रावधान छ । 

प्रतिक्रिया