Listen LIVE

कोहलपुरमा एक किशोरीले गरिन् आत्महत्या

नेपालगञ्ज : कोहलपुर नगरपालिका वडा नम्बर ९ पिपरी दुग्ध सस्थानको कम्पाउन्ड भित्र १५ वर्सिय किशोरी निर्मला पुनले रुखमा झुन्डिएर आत्महत्या गरेकी छन् ।

त्रिभुवन माध्यमिक बिद्यालय कोहलपुरमा कक्षा ९ मा अध्यनरत छात्रा निर्मला पुन रुखमा झुन्डिएको अबस्थामा देखेपछि दुग्ध बिकास सस्थानका सेक्युरिटी गार्डले प्रहरीलाई खबर गरेका थिए । धेरै मोबाइल चलाएको भनेर निर्मलाकी आमाले मोबाइलफु टाइदिएपछि आमा सङ्ग रिसाएर उनी घरबाट भागेको र रातभरि खोज्दापनि नभेटिएको स्थानीयले बताए । 

स्थायी घर रुकुम भएकी निर्मला कोहलपुरको पिपरीमा कोठाभाडामा बस्दै आएकी थिइन् भने निर्मलाकी आमा पिपरीको मनकामना झ्यालढोका उधोगमा मजदुरको रूपमा काम गर्दै आएकी थिइन् ।

प्रतिक्रिया