मुगु : मुगुको एक होटेलमा आगलागी हुँदा घरका सरसामानसहित ३ तलाको घर जलेर नष्ट भएको छ । गएराती करिब १० बजेको समयमा तीन तलाको कच्ची घरमा एक्कासी आगलागी हुँदा छायाँनाथ रारा नगरपालिका वडा नं ३ लामाचौरमा होटेल व्यवसाय गर्दै आउनु भएका लाल चन्द भण्डारीको पुरै घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
राती आगो लागेको घटना पाएलगत्तै नेपाली सेना, नेपाल प्रहरी, नगर प्रहरी, बजार बासीका साथै तलीतुम र माथीतुम गाउँका स्थानीयको प्रयासमा राती २ बजेको मात्र आगो नियन्त्रणमा आएको मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
आगलागीबाट के कति धनमालको क्षति भयो त्यसको विवरण आउन बाँकी रहेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।
सुख्खा खडेरी र पर्याप्त पानीको स्रोत नभएका कारण जति प्रयास गरेपनि समयमानै आगो नियन्त्रणमा ल्याउन नसकिएको तलितुमका स्थानीय नन्द बहादुर रावलले बताए ।
घर भित्र भएका भाँडाकुँडा, लत्ताकपडा, अन्नलगायतका सामानहरू जलेर नष्ट भएको छ । जिल्लामा बेलबखत किन आगलागीका घटना भइरहन्छन् यो विषयमा सम्बन्धित निकायले अनुसन्धान गर्न नितान्त आवश्यक रहेकोे उनले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार