Listen LIVE

घोराहीको सिस्ने खोलामा बस दुर्घटना

दाङ : दाङको घोराही–लमही सडक खण्डअन्तर्गत सिस्ने खोलामा बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

बुटवलबाट तलसीपुर जाँदै गरेको लु १ ख ८४१२ नम्बरको बस सोमवार दिउँसो घोराही उपमहानगरपालिका–१७ स्थित सिस्ने खोलाको उकालोमा ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए । 

प्रहरी नायव उपरीक्षक तिमल्सिनाका अनुसार दुर्घटनामा घाइतेहरुको घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको र सवैको अवस्था सामान्य छ । उनका अनुसार दुर्घटनामा ५–६ जनालाई बढी चोट लागेपनि अन्यको अवस्था सामान्य छ । बसमा २० बढी यात्रुहरु सवार थिए ।  

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर घटनाका बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ । दुर्घटनाका घाइतेहरुको पहिचान भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रतिक्रिया