नेपालगञ्ज : मुस्लिम समुदायका महिलाहरुलाई प्रजनन स्वास्थ्य सम्वन्धी तालिम नेपागञ्जमा सुरु भएको छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोग, जिल्ला स्वास्थ्य कार्यालय बाँकेको आयोजना तथा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ को समन्वयमा सुरु भएको तालिम तीन दिनसम्म चल्ले छ । तालिमको उदघाटन गर्दे जिल्ला स्वास्थ्य कार्यालय बाँकेका निमित्त कार्यालय प्रमुख नरेशबाबु श्रेष्ठले यस तालिमले प्रजनन स्वास्थ्यबारेको बुझाई थप स्पष्ट हुनुका साथै जिवनोपयोगी हुने बताए ।
कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष प्रमोद रिजालले प्रजनन स्वास्थ्यबारे सबै जानकार हुनैपर्ने बिषय भएकाले यो बिषयलाई समेटिएको बताए । उनले आमामी दिनमा पनि यस्ता किसिमका तालिमहरु सञ्चालन हुन आवश्यक रहेको बताए ।
लुम्बिनी प्रदेशका सांसद मिना श्रेष्ठको संयोजनमा आयोजित तालिममा नेपालगञ्ज उपमहानगरपालिकाका वडा नम्बर १ का १९ देखि ४० बर्ष उमेर समुहका ३० जना मुस्लिम समुदायका महिलाहरुको सहभागिता रहेको छ । प्रजनन स्वास्थ्यका बारेमा जानकारी गराईसकेपछि सीपमूलक तालिम पनि प्रदान गर्ने योजना रहेको सांसद श्रष्ठले बताइन् ।
तालिमको सहजिकरण स्वास्थ्य कार्यालय बाँकेका मलेरीया निरीक्षक दुर्गा गौतम, पब्लिक हेल्थ नर्स बिष्णु श्रेष्ठ र नेपालगञ्ज उपमहानगरपालिकाका सिनीयर अनमी निर्मला खनालले गरिरहेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार