Listen LIVE

बंगलादेशमा नेपाली विद्यार्थी सुरक्षित छन् : परराष्ट्र मन्त्रालय

काठमाण्डौ : सरकारले बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरू सुरक्षित रहेको बताएको छ। परराष्ट्र मन्त्रालयले गएराति प्रेस विज्ञप्ति जारी गरी ढाकास्थित नेपाली दूतावासकै सहयोगमा त्यहाँका सबै विद्यार्थी सुरक्षित रहेको जनाएको हो। 

मन्त्रालयले विद्यार्थीको थप सहजताका लागि निरन्तर प्रयास भइरहेको पनि जनाएको छ । तत्काल कुनै सहयोग आवश्यक भएमा दूतावासमा सम्पर्क गर्न सकिने पनि मन्त्रालयले उल्लेख गरेको छ। 

बंगलादेशमा कति नेपाली विद्यार्थी छन् भन्नेबारे भने सरकारसँग आधिकारिक तथ्यांक छैन । बंगलादेशमा सरकारी जागिरमा रहेको आरक्षणको विरोध गर्दै विद्यार्थीहरूले शुरु गरेको आन्दोलन चर्किएपछि देशभर कर्फ्यू लगाइएको छ।

प्रतिक्रिया