काठमाण्डौ : बाढीपहिरो लगायत मौसमजन्य विपद्मा परी आजसम्म देशभर १५० जनाको मृत्यु भएको छ । विपद्मा परी काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २५, मधेसमा ६, बागमतीमा २९, गण्डकीमा ४२, लुम्बिनीमा २७, कर्णालीमा आठ र सुदूरपश्चिममा १० जनाको मृत्यु भएको छ ।
विपद्मा ४९ जना बेपत्ता तथा १७७ जना घाइते भएका छन् भने विपद्मा फसेका १०८ जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ । बाढीका कारण ३८४ घर डुबानमा परेका छन् । यही जेठ २८ यताका भएका घटनाबाट चार हजार २१९ घरपरिवार विस्थापित भएको प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
2024-08-04
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार