रोल्पा : रोल्पामा पहिरोले घर पुरिँदा हजुरआमा र नातिनीको मृत्यु भएको छ।
सुनछहारी गाउँपालिका ४ सिउरीमा देउसिंह कामीको घर गएराति १० बजे पहिरोले पुर्दा आमा ७० वर्षीया बुसुना र ४ वर्षीया छोरीको मृत्यु भएको हो । दुवैको शव शनिबार बिहान निकालिएको जिल्ला प्रहरी प्रमुख डीएसपी भरत लामाले जानकारी दिए।
देउसिंह र उनकी पत्नी कामको सिलसिलामा बाहिर रहेकाले जोगिएको प्रहरीले जनाएको छ।
2024-08-03
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार