Listen LIVE

कक्षा १२ को नतिजा : छात्रभन्दा छात्रा धेरै ‘ननग्रेडेड’

काठमाण्डौ : राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशित गरेको कक्षा १२ को  नतिजामा छात्रभन्दा छात्रा धेरै ‘ननग्रेडेड’ भएका छन् । १ लाख ८७ हजार २१ विद्यार्थी अर्थात ४७ प्रतिशत विद्यार्थी एनजीमा परेका छन् । जसमा छात्र ४७ प्रतिशत र छात्रा ४९ प्रतिशत रहेका छन् ।

परीक्षामा १ लाख ९४ हजार ३ सय १९ जना छात्र सहभागी थिए । तीमध्ये ९१ हजार ४ सय ८७ जना एनजीमा परे भने १ लाख २ हजार ८ सय ३२ जनाले मात्र ग्रेड प्राप्त गरे ।

छात्रा १ लाख ९६ हजार ५ सय जना परीक्षामा सहभागी थिए । ९५ हजार ५ सय ४ जनाको नतिजा एनजी आएको छ भने १ लाख ९ सय ९७ जनाले ग्रेड प्राप्त गरेका छन् ।

परीक्षामा सहभागी हुने छात्र भन्दा छात्राको संख्या बढि थियो । दुई बिषयसम्म ननग्रेडिङमा परेका विद्यार्थीले पुरक परीक्षा दिन पाउनेछन् । दुई भन्दा बढी बिषयमा एनजीमा पर्ने विद्यार्थीले भने अर्को वर्ष मात्रै बार्षिक परीक्षामा ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन् ।

प्रतिक्रिया