Listen LIVE

नक्कली भारतीय रुपैयाँसहित रुपईडिहामा एक जना पक्राउ

नेपालगञ्ज डेस्क : सीमावर्ती भारतीय बजार रुपईडिहामा नक्कली नोटको कारोबार हुँदै आएको खुलासा भएको छ । भारती प्रहरीले ७२ हजार भारतीय नक्कली रुपैयाँसहित एक जनालाई पक्राउ गरेपछि रुपईडिहा बजारमा नक्कली नोटको कारोबार हुँदै आएको खुलासा भएको हो । 

रुपईडिहाबाट पत्रकार सन्तोष शुक्लाले दिएको जानकारी अनुसार गुप्तचर एजेन्सीको सूचनाका आधारमा रुपईडिहा थानाको टोलीले भारतीय नक्कली नोटको गड्डीसहित जिल्ला बहराईच मोतीपुर बस्ने ४० वर्षीय कैलाशलाई पक्राउ गरेको हो । 

रुपईडिहा थाना प्रभारी निरीक्षक सम्शेर बहादुर सिँहका अनुसार वरिष्ठ उपनिरीक्षक अनिलकुमार यादव, बाबागञ्जका चौकी इञ्चार्ज रामगोविन्द वर्मा लगायतको गस्ती टोलीले नेपाल भारत सीमा नजिक आइसीपी रोडबाट ७२ हजार भारुसहित कैलाशलाई पक्राउ गरेको हो । 

उक्त घटनापछि सीमावर्ती बजारमा तस्करी गर्नेले नक्कली नोटको कारोबार गरिरहेको हुनसक्ने सम्भावना औल्याउँदै थप अनुसन्धान भईरहेको भारतीय प्रहरीले जनाएको छ । 

बरामद गरिएको नक्कली नोट भारीतय पाँचसयका रहेको रुपईडिहा प्रहरीलाई उधृत गर्दै पत्रकार शुक्लाले पक्राउ परेका व्यक्तिले पछिल्लो ६ महिनादेखि भारतीय नक्कली नोटको कारोबार गरिरहेको स्वीकार गरेपछि घटनालाइै अझ गम्भीर ढंगले लिइएको बताए ।

प्रतिक्रिया