Listen LIVE

बलात्कार आरोपमा बर्दियामा २ जना पक्राउ

बर्दिया : इलाका प्रहरी कार्यालय बानियाभारले बलात्कार गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा, बर्दिया गुलरिया नगरपालिका वडा नं. ५ बस्ने बर्ष १८ को सुनिल राढ पटेल र सोही ठाउँ बस्ने बर्ष २७ को सृजन सिग्देल रहेका छन् ।

पीडितले दिएको जाहेरीको आधार उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक अर्यालका अनुसार, बारबर्दिया नगरपालिका वडा नं.५ बनघुखी चाँदनी चोकदेखि अन्दाजी १०० मिटर नजिकै रहेको सृजनशिल समुदायिक वन जंगलमा रहेको चौरमा लगी जबर्जस्ती करणी गरेको भनी पीडितले इलाका प्रहरी कार्यालय बानियाभारमा जाहेरी दिएकी हुन् । उनिहरुलाई जिल्ला अदालत बर्दियामा पेश गरी अदालतबाट ७ दिनको म्याद थप भई इलाका प्रहरी कार्यालय बानियाभारमा राखी घटना सम्बन्धमा अनुसन्धान भैरहेको अर्यालले बताए ।

प्रतिक्रिया