Listen LIVE

नेपालगञ्जमा प्रथम मेयर सांस्कृतिक कप हुँदै

नेपालगञ्ज : बाँके कला केन्द्रले नेपालगञ्जमा प्रथम मेयर साँस्कृतिक कप गर्दैछ । नेपालगञ्ज उप–महानगरपालिकाको सहयोगमा जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा अन्तर माध्यमिक विद्यालयस्तरीय सामुहिक लोक नृत्य प्रतियोगिता गर्न लागिएको हो । 

सुनाखरी रेष्टुरेन्ट एण्ड पार्टी प्यालेसमा आयोजना हुने कार्यक्रममा प्रथमलाई ५१ हजार, द्वितीयलाई ३१ हजार र तृतीय पुरस्कार विजेतालाई २१ हजार रुपैयाँसहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने भएको छ ।

नेपालगञ्जको सांस्कृतिक क्षेत्रलाई प्रोत्साहन गर्ने र स्थानीय कलाकारहरूलाई प्लेटफर्म उपलब्ध गराउने अपेक्षासहित कार्यक्रमको तयारी गरिएको बिहीवार आयोजित पत्रकार भेटघाटमा जानकारी दिइयो । वितरित प्रेस नोटका अनुसार कार्यक्रमका लागि तिन लाख ३० हजार रुपैयाँ कुल बजेट खर्च अनुमान गरिएको छ ।   

कार्यक्रम संयोजक बिरेन्द्र यादवले स्थानीय सांस्कृतिक पक्षलाई प्राथमिकता दिएर कार्यक्रमलाई भव्य र प्रभावकारी बनाइने तयारी गरिएको जानकारी दिए । नेपालगञ्जमा बसेर कलाकारितामा विशेष योगदान दिने एक जना वरिष्ठ तथा  अग्रज कलाकारलाई विशेष सम्मानसहित नगद हजार रुपैयाँ पुरस्कार दिइने छ ।

सामुदायिक विद्यालयहरुका लागि दुई हजार पाँच सय तथा संस्थागत विद्यालयका लागि तिन हजार पाँच सय दर्ता शुल्क तय गरिएको बाँके कला केन्द्रका अध्यक्ष सुन्दर गुरुङले जानकारी दिए ।

प्रतिक्रिया