Listen LIVE

बर्दियामा लागूऔषध सहित २ बालक पक्राउ

बर्दिया : बर्दियामा लागूऔषध सहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा, बर्दिया बढैयाताल गाउँपालिका वडा नं. ५ जगतिया बस्ने दुई जना बालक रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।

प्रहरीका अनुसार, बर्दिया बढैयाताल गाउँपालिका वडा नं.०६ रानीपुर एरियामा गस्ती गर्दै जाने क्रममा भारतबाट नेपाल तर्फ साईकलमा आउँदै गरेका दुई जना बालकलाई लाई शंकामानी चेकजाँच गर्ने क्रममा एक बालकले लगाएको पाईन्टको अगाडीको बायाँ गोजीबाट पहेँलो रङ्गको प्लाष्टिकले बेरेको अवस्थामा एक पुडिया शुद्ध तौल १२० मिलीग्राम (लागु औषध) ब्राउन सुगर फेला पारी पक्राउ गरिएको हो ।

उनिहरुलाई इलाका प्रहरी कार्यालय मैनापोखरमा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया